गोदावरी–२ को वडा भेला सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ को वडा भेला सम्पन्न भएको छ । बिहिबार वडाध्यक्ष यज्ञबहादुर महराको सभापतित्वमा भएको वडा भेलाको प्रमुख आतिथ्य नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । एक करोड दश लाख सैतिस हजार सात सय बाउन्न रुपैँया विनीयोजीत गरेको हो ।

Dadeldhura hospital

वडाले सबैभन्दा बढी भौतिक पुर्वाधार विकासतर्फ ६० प्रतिशत अर्थात ६६ लाख २२ हजार ६५१ रुपैँया बजेट छुट्याएको छ । त्यस्तै सामाजिक विकास तर्फ २० लाख ९७ हजार १७२ रुपैँया छुट्याएको वडा नम्बर २ ले आर्थिक विकास तर्फ ८ लाख ८३ लाख २० रुपैँया बजेट विनीयोजित गरेको छ ।

Navadurga sun
Godawari sandesh

वातावरण तथा विपत व्यवस्थापन तर्फ ६ लाख ६२ हजार २६५ रुपैँया छुट्याईएको छ भने सुसासन तथा सँस्थागत विकास तर्फ ७ लाख ७२ हजार ६४२ रुपैँया रहेको छ ।

 

Loading...