हरिप्रीया प्रकाश फाउन्डेसनले नेपालीको घर र अस्पतालमा निःशुल्क १८०० अक्सिजन बितरण अभियान संचालन गर्दै





अत्तरिया, २५ जेष्ठ- कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निःशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ र नया-पुरानो खरिद बितरण सम्झौता अनुसार नेपालीको घर र अस्पतालमा निःशुल्क अक्सिजन सिलेण्डर र स्वास्थ्य सामाग्री युवानेता क्षितिज भण्डारी मार्फत बाडिएको छ ।





आज दार्चुला, डडेल्धुरा, कन्चनपुर, अछाम र कैलाली जिल्लाको धनगढी र अत्तरियामा देबराज ओझा मार्फत सिलिण्डर बितरण भएको । ओझाका अनुसार मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पताल सहित घर र विभिन्न अस्पतालमा राती सम्म १०० सिलेण्डर पठाउदैछौ ।


हरिपृया प्रकाश फाउन्डेसनको सहयोगमा सबैलाई राजनीतिक भेदभाव नगरीकन नागरिकलाई अक्सिजन निःशुल्क रिफिलिङ्ग लगायत बितरण योजनाको लाभ १८०० अक्सिजन सिलेन्डर मध्ये १०० का दरले सुदुरपश्चिमका ८ जिल्ला अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलाली अस्पताल र संक्रमितको घरहरुमा बितरण हुँदैछन् ।

हरिपृया प्रकाश फाउन्डेसन र सुर्य शक्ति ग्यास उद्योग बिच सुदुपश्चिमका अस्पतालहरुमा निःशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ बितरण छुट्टै ६ लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाशनारायण भण्डारी मार्फत श्याम टायलको कम्पनी र काठमाडौको गोकर्णेश्वर ट्रेडिङ्ग प्रालीलाई एक लाख तिरहत्तर हजार बयाना दिईएको धनगढीका गणेश भण्डारीले बताए। उक्त अभियानमा अत्तरियाका लागि स्वयंसेवक राज भट्ट र गणेश भट्टको सहभागित रहेको थियो ।



