भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर- भारतबाट भन्सार छलेर भित्र्याइएको २ लाख रुपैयाँभन्दा बढीको मालसामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले भीमदत्त नगरपालिका १० गज्जरबाट बुधबार उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीका अनुसार लेडिज सुट र स्कुटर एक थान गरी २ लाख ५ हजार मूल्यको सामान बरामद गरिएको हो । उक्त सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 

 

Loading...