


अत्तरिया, ३ जेठ– कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहाका किसानलाई बंगुरका पाठापाठी वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई बंगुरका पाठापाठी वितरण गरेकी हुन् । २७ जना किसानलाई बंगुर वितरण गरेको हो ।






कार्यक्रममा पूर्व राज्य मन्त्री चौधरीले महिलाहरुको आर्थिक सशक्तिकरण गर्नको लागि बंगुरका पाठापाठी वितरण गरिएको बताइन् । उनले बाटो घाटो पुल पुलेसा संगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिदै आएको बताउँदै जव सम्म विपन्न समुदाय आर्थिक रुपमा सम्वृद्ध हुँदैनन् तवसम्म सामाजको विकास नहुने बताइन् ।
त्यस्तै कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक महेश भट्टले कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य पछाडी परेका समुदायहरुको आयआर्जन गर्नुपर्ने रहेको बताए । उनले कार्यक्रम अन्तरगत तालिम पनि दिइने बताए । कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा संचालिन कार्यक्रमका स्थानीय बंगुर पालन किसान समुह मार्फत संचालन गरिएको हो । जसअन्तरगत २७ किसानलाई ५९ वटा वंगुर वितरण गरिएको विपना चौधरीले बताइन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समुह मार्फत १५० वटा बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ । बाकी बंगुर केहि दिनमा जंगली बंगुरपालन किसान समुह मार्फत वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक भट्टले बताए ।





