

प्रकाश बहादुर बोहरा
अत्तरिया, ३ जेठ- नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र कुशल संगठन विभाग प्रमुख जीवराज आश्रीतको ३० औं स्मृति दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।





नेकपा एमाले गोदावरी नगरपालिका वाड नं. १ को आयोजनामा अत्तरिया स्थीत दक्षीण वनखेतको जंगलमा वृक्षारोपण गरीएको हो । ३० औँ स्मृति दिवशको अवसरमा समी, रुद्राक्ष, कापडा लगायतका ३० ओटा बिरुवा रोपीएको छ ।


उक्त बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य दामोदर रिजाल रहेका थिए । त्यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य आनन्द भट्ट, टिकाराज आचार्य लगायतको उपस्थिती रहेको थियो ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहेका थिए । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।

