आठ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं- गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। सरुवामा ललितपुर, कास्कीलगायत जिल्लाका सिडिओ फेरिएका छन्।

ललितपुरको सिडिओमा सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएको छ। पण्डित यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। कास्कीमा वासुदेव घिमिरेलाई सिडिओ बनाइएको छ। उनी गृह मन्त्रालयमा कार्यरत थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धादिङमा सहसचिव बद्रीनाथ गैरे, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मी र अछाममा शिवराम न्यौपानेलाई सिडिओका रूपमा खटाइएको छ।

गुल्मीमा यसअघि सागरमणि पाठक कार्यरत रहेकोमा उनलाई तीन महिनामै हटाइएको छ। नक्कली शरणार्थी प्रकरणमा उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो।

प्रतिवेदन किर्ते भएको वेला उनी गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको प्रमुख थिए। सोही कारण उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।

त्यस्तै, उपसचिव माधवप्रसाद शर्मालाई रुकुम पूर्व र कृष्ण पौडेललाई तेह्रथुमको सिडिओमा खटाइएको छ। सहसचिव झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ।

 

Loading...