कञ्चनपुरको वेदकोटमा जग्गाको वर्गीकरण कार्य सुरु

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण कार्य सुरु गरेको छ । भू-उपयोग नियमावली अनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो ।

Dadeldhura hospital

सोमवार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ ।

Navadurga sun
Godawari sandesh

नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए । जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्र लगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए ।

Loading...