

धनगढी- पूर्व राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् । भ्रमणको दौरान धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ । पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ ।



पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने जोशीले बताए ।


नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन् । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए । जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने जोशीको दाबी छ ।





