बैतडी- बैतडीको सिगास गाउँपालिकामा एक जना महिला कर्मचारी कुटिएकी छिन । जिल्लाको सिगास गाउँपालिका–१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैङ्कमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुशीला धामीलाई कुटपिट गरेका हुन् ।




प्रहरीका अनुसार सिगास गाउँपालिका–२ मा रहेको कृषि विकास बैङ्कमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो । शनिवार दिउँसो गाजरी बजारमै सुशीलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको छ ।


धामीले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ ।




