

धनगढी- अछाममा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको कमलबजार नगरपालिका– ४ का ३० वर्षीय भीम बहादुर ढोलिको शव २७ फिट अग्लो रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो ।



अर्धनग्न अवस्थामा झुन्डिएको अवस्थामा रहेको शव निकाल्न प्रहरीबाट असम्भव भएपछि गोरखनाथ गण मंगलसैनका सैनिक जवानद्वारा उक्त शव निकालिएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।


घटनाको प्रारम्भिक अनुसन्धानमा मृतकले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

