सुदूरपश्चिम माओवादीको संसदीय बैठक अनिश्चित

कैलाली- सरकारमा सहमतिसहित सहभागिता जनाउने उद्देश्यले बसेको माओवादीको संसदीय बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएकोमा तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो। शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले शुक्रबारको बैठक स्थगित गरेका थिए।

Dadeldhura hospital

तर शनिबार बस्ने भनिएको बैठकको समय पनि तय भएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

Navadurga sun
Godawari sandesh

सुदुरपश्चिम सरकारले पुर्णता नपाएको भन्दै मुख्यमन्त्री कमल बहादुर शाहको आलोचना हुने गरेको छ । तर, सरकारमा सहभागी दललाई मन्त्रीको नाम पठाउन पटक-पटक आग्रह गर्दा पनि माओवादीले अहिलेसम्म मन्त्री हुनेको नाम नपठाएको मुख्यमन्त्री शाहले बताए ।

५३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादी ४, राप्रपाका र स्वतन्त्रका एकरएक सदस्य रहेका छन्

 

Loading...