कर्णाली चिसापानीमा तैरिरहेको अवस्थामा शव भेटियो

काठमाडौँ- कर्णाली चिसापानीमा नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको छ। पुलको पूर्वतर्फ ठाकुरबाबास्थित चिसापानी पुलनजिकै बुधबार दिँउसो २ बजे पहिचान नखुलेको अवस्थामा शव भेटिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

निलो र रातो रंगको वाटरप्रुफ ज्याकेट, भित्र रातो रंगको टि(सर्ट, सेतोकालो धर्सा भएको सर्ट, घ्यू रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको लगाएको पुरुषको अन्दाजी उमेर ५०-५० वर्ष रहेको इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँले जनाएको छ।

Navadurga sun
Godawari sandesh

भुरीगाउँबाट खटिएको अनुसन्धान टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ। सनाखत नभइसकेको शव परीक्षणका लागि बर्दिया अस्पताल राखिएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिएका छन्।

Couple
Loading...