


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ वनखेतमा रहेको शिव मन्दिरमा गायत्री महायज्ञ सुरु भएको छ । प्रज्ञा अभियान गायत्री परिवार अत्तरियाको आयोजनामा विराट २४ कुण्डीय गायत्री महायज्ञ आयोजना गरिएको हो ।


बुधबार पहिलो दिन कलश यात्रा निकालिएर सुरु भएको महायज्ञ यही बैशाख ३० गते शनिबारका दिन पुणर्ावति गरि समापन हुने जनाइएको छ ।





