युवा संघ नेपालकी केन्द्रिय सचिव चन्दले दिइन् राजीनामा

बैतडी- राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सचिव बिष्णा चन्दले राजीनामा दिएकी छन् । नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको सचिव बनेकी बैतडीकी चन्दले आफुलाई अहिले आएर सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताएकी छन् ।

Dadeldhura hospital

आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छन् ।

Navadurga sun
Godawari sandesh

२०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै उनले सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि राजीनामा दिनु परेको बताएकी छन् । उनले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।

 

Loading...