नाम र चुनाव चिह्न बदल्ने तयारीमा राप्रपा नेपाल

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्ने तयारी गरेको छ । पार्टीको चुनाव चिह्न र नाम परिवर्तनबारे आगामी केन्द्रीय कार्य समिति बैठकमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले बताए ।

Dadeldhura hospital

उनका अनुसार बैठकमा सैद्धान्तिक, वैचारिक पक्ष र भाबी रणनीतिका विषयमा समेत छलफल हुनेछ । पार्टीको केन्द्रीय कार्य समिति बैठक जेठ ९ र १० गते काठमाडौँमा बस्दैछ ।

Navadurga sun
Godawari sandesh

बैठकमा जिल्ला अध्यक्षहरूलाई समेत बोलाइएको छ । राप्रपा नेपालको सचिवालयले केन्द्रीय कार्य समिति बैठकका एजेण्डा तय गरिसकेको उनले बताए ।

उनका अनुसार बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरू भाष्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठनसम्बन्धी र केशव श्रेष्ठले स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन पेश गर्नेछन् ।

Loading...