कञ्चनपुरको बेदकोट ६ मा आई.पि.एम.कृषक पाठशाला कृषक विकास समारोह सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.६ सिसैयामा एकिकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम.) कृषक पाठशाला कृषक दिवस समारोह सम्पन्न भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आई.पि.एम. कृषक पाठशालाको बेदकोट नगरका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्थानिय कृषकहरुले आफुले उत्पादन गरेका तरकारीहरुको प्रर्दशन समेत गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्रका अधिकृत, वडाका जनप्रतिनिधी लगायत स्थानिय कृषकहरुको उपस्थितिमा उक्त समारोह सम्पन्न गरिएको थियो ।

Loading...