बैतडीको झुलाघाटमा सीसीटीभी क्यामेरा जडान

बैतडी – बैतडीको झुलाघाट बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा भारतसँगको सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

Dadeldhura hospital

सीमा क्षेत्रमा हुन सक्ने आपराधिक घटना, अवैध सामग्री ओसारपसार तथा अन्य क्रियाकलाप रोक्नका लागि सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सीमा क्षेत्रमा सुरक्षाको दृष्टिकोणले सीसीटीभी क्यामेरा आवश्यक भएकाले झुलाघाट बजारमा तीनओटा क्यामेरा जडान गरिएको उनले बताए । दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा समेत सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्ने सहमति भएकाले अपराध न्यूनीकरणमा सीसीटीभी क्यामेराले सहयोग गर्ने बताइएको छ ।

झुलाघाट नाकाबाट भन्सार छलेर सामग्री ल्याउने कार्यलाई निरुत्साहित गर्न पनि सीसीटीभी क्यामेराले सहयोग पुग्ने अपेक्षा गरिएको छ । झुलाघाटका साथै गढी, गोठलापानी, शाहीलेक, देहीमाण्डौ क्षेत्रमा पनि क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...