कोरोनाबाट थप एक जनाको मृत्यु, ४३ संक्रमित थपिए

काठमाडौं- कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ।

Navadurga sun

यस अवधिमा ५० जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा २०२ जना संक्रिय संक्रमित रहेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...