सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Dadeldhura hospital

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरी आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो ।

Navadurga sun
Godawari sandesh

सन्दीप नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । पाण्डेमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । रासस

Loading...