हिमपहिरोमा बेपत्ता तीन जनाको शव फेला, बेपत्ता दुई महिलाको खोजी कार्य जारी

दार्चुला- दार्चुलामा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ । एक पुरुष र दुई महिलाको शव फेला परेको हो ।

Bhancha ghar0

उनीहरूको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ । फेला परेका पुरुष दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ । अन्य दुई महिलाको सनाखत हुन बाँकी छ । बेपत्ता अन्य दुई महिलाको खोजी कार्य जारी छ । व्यास-१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।

शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए । शवको सनाखत भने भएको छैन । अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ आएको धामीले बताए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.