त्रिनयन नेपालद्वारा क्रिकेट टिमले एसीसी प्रिमियर कपको उपाधि जितेको खुसियालीमा दिप प्रज्वलन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको त्रिनयन नेपालले नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको उपाधि जितेको खुसियालीमा त्रिनयन नेपालले देशप्रेमी युवा साथीहरुका साथ नेपालको झण्डा बनाएर अत्तरिया चोक नजिक दीप प्रज्वलन गरि मनाएका हुन् ।

नेपालले फेरी पनि गर्वले ओतप्रोत हुने अवस्था पाएको छ । नेपालको ’क्रिकेट टिमले’ आफ्नो बहादुरीलाई देखाउँदै आफुलाई एसिया कपमा योग्य बनाउँदा, नेपालले विश्वमा नयाँ इतिहास रचेको छ । यस पलले सबैलाई खुसी दिलाएको छ । सबैको उत्सव आ-आफ्नो तरिकाले गरेका छन् । नेपालका सम्पूणर् खेलाडीलाई उचित सम्मानका साथ एसिया कपमा यस भन्दा उत्कृष्ट प्रदर्शन देख्न पाउने आशामा छौँ । धेरै धेरै शुभकामना छ, नेपाली क्रिकेट टिमलाई भनेका छन् ।

दिप प्रज्वलन कार्यक्रम उपस्थित हुनु भएका सम्पूणर्मा त्रिनयन नेपालका अध्यक्ष जय धामीले हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् । त्यस्तै त्रिनयन नेपालले समय समयमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम तथा रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Loading...