कञ्चनपुरको महेन्द्रनगर आँखा अस्पतालमा मेसिनबाट नियमित मोतिया बिन्दुको अप्रेसन सेवा सुरु

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर आँखा अस्पतालमा मेसिनबाट नियमित मोतिया बिन्दुको शल्यक्रिया (अप्रेसन) सुरु भएको छ। अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारबाट फेको मेसिन प्राप्त गरेपछि आईतबारबाट नियमित शल्यक्रिया सेवा सुरु गरेको हो।

यस अघि अस्पतालसँग आफ्नै फेको मेसिन नहुदाँ हप्ताको एक दिन मात्रै उक्त सेवा दिईदैँ आएको थियो । आँखा अस्पतालका ईन्चार्ज डाक्टर खगेन्द्र उप्रेतीले फेको मेसिन प्राप्त भएसँगै नियमित रुपमा मोतियो बिन्दुको शल्यक्रिया सेवा सुरु गरेको बताए ।

Navadurga sun

उनका अनुसार यस अघि आईतबार मात्रै मेसिनबाट मोतिया बिन्दुको शल्यक्रिया हुने गरेकोमा अहिले नियमित रुपमा भईरहेको छ । ‘दैनिक १० देखि १५ जनासम्म मातिया बिन्दुको अप्रेसन गर्नुपर्ने बिरामी आउँने गरेका छन ।’ डाक्टर उप्रेतीले भने ‘हामीसँग आफ्नै फेको मेसिन नहुदाँ गेटाबाट मेसिन ल्याएर हप्ताको एक दिनमात्रै उक्त सेवा दिने गरेका थियौँ, अहिले मेसिन प्राप्त भएपछि नियमित सुरु सेवा सुरु गरेको छौँ ।’अस्पतालले मोतिया बिन्दुको अप्रेसन हातले नियमित सुरुमा गर्दैँ आएपनि मेसिनबाट भने आईतबार मात्रै हुने गरेको थियो ।

हातले गर्दा घाउ ठुलो हुने सम्भावना रहने र मसिनबाट छोटो समयमा सहजै शल्यक्रिया हुने र घाउ समेत सानो हुने डाक्टर उप्रेतीको भनाई छ । त्यस्तै मेसिनले अप्रेसन गर्दा दुई हप्तामै घाउ निको हुने तर हातले अप्रेसन गर्दा घाउ ठुलो हुने भएकाले निको हुन करिब एक महिना जती समय लाग्ने गर्दछ । त्यस्तै मेसिनमार्फत जुन सुकै समयमा पनि मातिया बिन्दुको शल्यक्रिया गर्न सकिने डाक्टर उप्रतीले बताए ।

‘प्राय जसो मातिया बिन्दुको अप्रेसन चियो समयमा गर्नु पर्छ भन्ने मनोविज्ञान छ, गर्मीको समयमा अप्रेसन गर्दा घाउ ईनफ्याक्सन हुन्छ भन्ने भ्रम छ तर त्यो सत्य होईन ।’ डाक्टर उप्रेतीले भने ‘मोतिया बिन्दुको समस्या देखिना साथ परिक्षण गराई उपचार गरि हाल्नुपर्छ, ढिलाई भए आँखाको ज्योति नै गुम्ने खतरा रहन्छ ।’ मोतियाका बिन्दको अप्रेसन हातले गराउँदा पाँच हजार र मेसिनबाट गराउँदा १० हजार शुल्क तिर्नुपर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा मातिया बिन्दुको अप्रेसन गर्ने बिरामीको चाप गर्मी मौसम भन्दो चिसोमा चाप बढी हुने गरेको छ । कुपोषण, तेजीलो घाममा बढी काम गर्दा, अल्कोहलको अत्यधिक सेवन र रोबेला भाईरसको संक्रमणले पनि जन्मजात मातिया बिन्दुको समस्या देखिने भएकाले समयमै त्यसको उपचार गर्नुपर्ने डाक्टरको सुझाव छ । नेत्र ज्योती संघ कञ्चनपुरको अध्यक्ष डा. भोजराज पन्तले सुदूरपश्चिम प्रदेश सरकारबाट फेको मेसिन प्राप्त भएपछि नियमित सेवा प्रवाहमा सहज भएको बताए ।

उनले फेको मसिन नहुदाँ बिरामी गेटा लगायत महेन्द्रनगर बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदैँ अब महेन्द्रनगर आँखा अस्पतालमा मेसिनबाट नियमित अप्रेसन सेवा लिन सकिने बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य एंव्म पुर्व मन्त्री प्रकास रावलको पहलमा प्रदेश सरकारले करिब ३५ लाखको फेको मेसिन अस्पताललाई सहयोग गरेको हो । साथै संघका अध्यक्ष पन्तले मेसिनका लागि पहल गरिदिएकोमा प्रदेश सभा सदस्य रावललाई धन्यवाद समेत ज्ञापन गरेका छन् । त्यस्तै अस्पतालका नेत्र अधिकृत बिर सिंह धामीले पनि फेको मेसिनले सेवा प्रभावमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...