काठमाण्डौं– नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेट फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ । भोलि (मंगलबार) बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार वर्षाका कारण खेल रोकियो ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो ।
दिउँसो साढे तनि बजेसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ ।
