खेलकुद विकास समितिले नव नियुत्त मन्त्रीहरुको स्वागत गर्याे

कञ्चनपुर, २२ जेठ– कञ्चनपुर खेलकुद विकास समितिले सुदूरपश्चिम प्रदेश सरकारका नव नियुत्त मन्त्रीहरुलाई स्वागत गरेको छ।

शनिबार भएकाे स्वागत कार्याक्रममा सुदूरपश्चिम प्रदेश सरकारका संसद प्रकाश रावलले कञ्चनपुरको महेन्द्रनगरमा रहेको कबल हलको अनुगम तथा निरीक्षण समेत गरेका छन्।

Navadurga sun

कार्यक्रममा संसद प्रकाश रावलले कञ्चनपुरमा सुदूरपश्चिमकै जिल्लाहरु मध्येबाट बढी जमिन रहेको उल्लेख गदैँ त्यसलाई प्रयोग गरि समग्र खेलकुदको विकासका लागि बहुउद्देशीय कबल हल निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

अहिले सांसद रावलको पहलमा विभिन्न खेलकुदको पुर्वाधार निर्माण भईरहेका छन। त्यस्तै कार्यक्रममा नव नियुत्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले खेलकुदको विकासका लागि आफुले काम गर्ने प्रतिवद्धता जनाए। उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अगामी आवको बजेट केन्द्रीत रहने बताउँदै अन्य क्षेत्रको विकासको सुरुवात थालिने बताए।

त्यस्तै कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले पनि खेलकुद क्षेत्रको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कञ्चनपुरले जिम्मेवार मन्त्रालय पाएकोले यस क्षेत्रका काम गर्ने उत्कृष्ट मौका रहेको समेत उल्लेख गरे।

त्यस्तै खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतले खेलकुद पुर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले आवश्यक योजना निर्माणका लागि समितिले पहल गर्ने उल्लेख गदैँ त्यसका लागि बजेट विनियोजनका लागि प्रदेश सरकार संग आग्रह समेत गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...