कोरोनाबाट थप एकजनाको मृत्यु, ८२ संक्रमित थपिए

काठमाडौं- कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। पछिल्‍लो २४ घन्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८२ जना संक्रमित थपिएका छन्। १६३४ नमूना परीक्षण गरिएकोमा ८२ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो।

Navadurga sun

आज ६५ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९० हजार ४०२ पुगेको हो। हाल सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ६४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...