स्वास्थ्य मन्त्रालयको निर्देशन : विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गर्नू

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ ।

Dadeldhura hospital

विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालय निर्देशन दिएको हो । बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत आएकोले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु पूर्णरुपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Loading...