

बैतडी- राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन् । हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन् ।



राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन् ।


डिएसपी अर्चनाले बैतडीको भूगोल आफ्नो लागि नयाँ भए पनि प्रतिकूल अवस्थामा पनि आफू सुदूरपश्चिम आएको बताइन् । बैतडी बसुन्जेल यहाँको माया र सहयोग पाउने विश्रास गरेको उनले बताइन् ।