बेदकोट नगरपालिकाका स्थानीय बजारमा म्याद गुज्रेका सामान फेला

कञ्चनपुर- बेदकोट नगरपालिकाका स्थानीय बजारमा म्याद गुज्रेका सामान फेला परेका छन् । अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यान्न, पेयपदार्थ र औषधी लगायतका सामाग्री भेटिएका हुन ।

Dadeldhura hospital

वेदकोट नगरपालिकाको नगरस्तरीय बजार अनुगमन टोलीका संयोजक पदमबहादुर ठकुराठीका अनुसार स्थानीय बजारको अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रेका औषधी नष्ट गरिएकोे छ ।

godawari10 Mahila hinsa
Navadurga sun

म्याद गुज्रेका औषधी काउण्टरमै राखिएको भेटिएको छ । त्यस्ता औषधी नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । मंगलबार दैजी बजारका औषधी पसलमा नगरपालिकाले अनुगमन गरेको थियो। स्वास्थ्य सेवा विभागमा दर्ता भएपनि स्थानीय तहमा दर्ता नभएको र मापदण्ड अनुसार औषधी भण्डारण नगरेको पाइएको संयोजक ठकुराठीले बताए ।

यसअघि बेदकोटले त्यहाँका स्थानीय बजारमा खाद्यान्न, पेयपदार्थ लगायतको समेत अनुगमन गरेको थियो । त्यसबेला पनि खाद्यान्न, पेयपदार्थ, मसला, बिस्कुट लगायत सामान म्याद गुज्रेका भेटिएका थिए ।

Loading...