बैतडीमा खानेपानी भर्ने पालो तीन दिनपछि !

बैतडी- बैतडीको मेलौली नगरपालिका –७, काँडाबजारमा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्ने बाध्यता छ। धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नुपरेको स्थानीय उपभोक्ता भोजराज भट्टले बताए । प्राथमिक स्वास्थ्य केन्द्र र डेरा गरेर क्याम्पस पढ्ने विद्यार्थी झनै समस्यामा परेको उनले बताए ।

काँडा बजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना जीर्ण हुँदा समस्या भएको उपभोक्ताले बताएका छन्। पानीको हाहाकार भएपछि स्थानीय ३२ परिवारले प्रतिव्यक्ति ४५ हजार रुपियाँ सङ्कलन गरेर नजिकैको पटौट खोलाबाट सौर्य पाता जडान गरेर पानी तान्ने प्रयास गरे पनि मुहानमा पानी कम हुँदा समस्या झनै बढेको छ।

Navadurga sun

सुक्खायाममा पानी अभाव हुँदा स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने महिलाको सरसफाइ गर्न समस्या हुने गरेको स्थानीय स्वास्थ्य केन्द्रका सूचना अधिकारी मुकेशकान्त दयालले बताए । काँडाबजारसँगै जोडिएको मेलौली नगरपालिका–१ मा सुर्नया नदीबाट पानी लिफ्ट गरिएको छ।

खानेपानी कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले स्थानीय सरकारबाट खानेपानी योजनाका लागि पर्याप्त बजेट नआएको बताए । उनले यो वर्ष उपभोक्तालाई लिफ्ट खानेपानीको प्रस्तावना पेस गर्न अनुरोध गरेको बताए ।

खानेपानी समस्याका विषयमा नगरपालिकामा गुनासो आएको मेलौली नगरपालिकामा प्रमुख भीमबहादुर चन्दले बताउनुभयो। काँडाबजार खानेपानीको समस्याका विषयमा नगरपालिकामा छलफलसमेत भएकाले सुर्नया नदीबाट पानी लिफ्ट गर्न पालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई गुहार्ने नगरप्रमुख चन्दले बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...