बैतडीका तीन किसान पुरस्कृत

बैतडी-  जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले बैतडीमा सोमबार कार्यक्रमगरी उनीहरूलाई पुरस्कार वितरण गरेको हो।

Dadeldhura hospital

दशरथचन्द नगरपालिकका–९ का महेश पाण्डेय , पाटन नगरपालिका–९ का जयन्ती बिजले र मेलौली नगरपालिका– ६ का चिन्तामणि भट्ट पुरस्कृत भए। ​तीनै जनालाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरे।

Navadurga sun
Godawari sandesh

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार बैतडीका तीन किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। पुरस्कृत तीनै किसानले पुरस्कार प्राप्त भएपछि आफूहरूलाई कृषि पेशामा लाग्न थप प्रेरणा मिलेको बताए।

Loading...