बैतडीमा सशस्त्रको झुलाघाट बिओपीमा पूर्वाधारको अभाव

बैतडी– भारतसंग सीमा जोडिएको झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बिओपीमा पूर्वाधारको अभाव भएको छ । अन्तरराष्ट्रिय सीमा क्षेत्रको सुरक्षाका लागि सीमामा खटिएको सशस्त्र प्रहरीले पूर्वाधारको अभाव झेलीरहेको हो ।

Ganyapdhura gau

२०७७ सालमा बिओपी स्थापना गरेर झुलाघाटमा सशस्त्र प्रहरी बसेको भएपनि अहिले पनि भौतिक पूर्वाधारको अभाव रहेको छ। झुलाघाटमा रहेको बिओपीमा सशस्त्र प्रहरीका लागि भान्छा घर, शौचालय, खानेपानी लगायतका अतिआवश्यक पूर्वाधारको अभाव रहेको बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा बिओपीमा सशस्त्र प्रहरी रहेका भएपनि भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ । सशस्त्र प्रहरीको बिओपी महिला प्रहरी राख्नका लागि भवनको अभाव रहेको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका लागि भौतिक पूर्वाधार अभाव हुँदा समस्या भइरहेको छ । सीमासंग जोडिएको क्षेत्रमा राखिएका सुरक्षा फौंजहरुका लागि भौतिक व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने स्थानीय गणेशसिंह थापाले बताए ।

बैतडीमा भारतसंग ६१ किलोमिटर सीमा जोडिएको छ। ६१ किलोमिटर सीमा क्षेत्रमध्ये तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी राखिएका छन् । झुलाघाटसंगै शिवनाथको कुस्मौद घाट र पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक गंगा पन्तले जानकारी दिए ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको लागि आवश्यक भौतिक व्यवस्थापनका बिषयमा मुख्यमन्त्रीको भ्रमणका बेला समेत कुरा उठेको छ । गएको साता मुख्यमन्त्री कमलबहादुर शाह सीमा नाका झुलाघाट पुगेका बेला बिओपीले झेलिरहेको भौतिक समस्याका बिषयमा जानकारी गराइएको छ ।

Couple
Loading...