योगीले गरे जन्म दिनको अवसरमा बृक्षारोपण

अत्तरिया- चुरे युवा क्लवका अध्यक्ष गणेश नाथ योगीले आफ्नो जन्म दिनको अवसर पारेर बृक्षारोपण गरेका छन् । उनले कैलालीको गोदावरी नगरपालिका वडा नं.२ बनखेतमा रहेको सुदूरपश्चिम मा.बि.को परिसरमा ५ हजार रुपैयाँ बराबरका बोटहरु रोपेर बृक्षारोपण गरेका छन् । योगी उक्त मा.बि.का पूर्व विद्यार्थी समेत हुन् ।

जन्म दिनको अवसरमा फुजुल खर्च गर्नुभन्दा केही यस्तो किसिमको बृक्षारोपणले पर्यावरण वातावरणलाई राम्रो बनाउने भएकोले यस्तो किसिमको कार्य गरेको योगीले बताए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.