स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

धनगढी- घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।

Dadeldhura hospital

स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा। नरेश जोशीले जानकारी दिए । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उनले भने, ‘तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पहिलो पटक स्यालमा रेबिज परीक्षण गरेको हो ।’

Navadurga sun
Godawari sandesh

स्यालले टोकेपछि सो क्षेत्रमा रेबिज देखिएका दर्जनौँ घरपालुवा पशु यसै वर्ष मरेको डा। जोशीले बताए । ‘यो जटिल समस्या बन्दै गएको छ’, उनले भने । स्यालका कारण स्थानीय त्रसित छन् ।

कैलाली, कञ्चनपुर दुवै जिल्लामा पशुहरूमा रेबिज देखापरेको छ । पछिल्लो दुईरतीन महिनाको अवधिमा गाई, भैँसी, बाख्रा, कुकुर र स्यालमा गरी २२ वटा रेबिज अन्वेषण गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जानकारी दिएको छ ।

Loading...