लोकतन्त्रको रक्षाका लागि सबै सजग र सचेत रहौंः देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्। १७ औं लोकतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत हुनुपर्ने बताए।

Dadeldhura hospital

‘विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Navadurga sun
Godawari sandesh

सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, सङ्कल्प र बलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए।

 

Loading...