सिकलसेल अस्पताल निर्माणमा युवा

घोडाघोडी- पश्चिम नेपालका युवा सिकलसेल एनिमिया सामुदायिक अस्पताल सञ्चालन गर्ने जमर्को गरिरहेका छन् । सुदूरपश्चिमका तराई क्षेत्रमा सिकलसेलको समस्या रहेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलगायतका युवा मिलेर अहिले सिकलसेल सामुदायिक अस्पताल सञ्चालन गर्न सरकार र दातृ निकाय गुहारिरहेका छन् ।

सिकलसेल रोगबाट प्रभावितको सहज उपचारका लागि दाङका जीवराज चौधरीको अध्यक्षमा निर्माण गरिएको ५३ सदस्यीय युवा समूहले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गरिरहेको छ । अध्यक्ष चौधरीले सिकलसेल बिरामीका लागि सरकारले दिँदै आएको एक लाख उपचार खर्च सबै बिरामीको पहँुचमा नरहेको र जनचेतनाको अभाव रहेको बताए । उनले भने, ‘त्यसैले सिकलसेल उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता महसुस गरिएको हो ।’

godawari10 Mahila hinsa
Navadurga sun

उनका अनुसार थारू समुदायको १० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब ११ प्रतिशत सिकलसेस प्रभावित छन् । सिकलसेलको उपचार हुने अस्पताल थोरै छन् । त्यसमा पनि छुट्टै वार्ड छैन, जेनेटिक परामर्शको अभाव छ, राज्यबाट दिएको सेवासुविधा अज्ञानताका कारण वञ्चित छन् । अध्यक्ष चौधरीले भने, ‘मेरै सम्पर्कमा सिकलसेलका २९ जना बिरामी छन् । मेरै परिवारका सदस्यको समेत सिकलसेल रोगका कारण उमेरमै मृत्यु भएको छ ।’

Dadeldhura hospital

अध्यक्ष चौधरीले कैलालीको सेती, बाँकेको भेरी प्रादेशिक अस्पताललगायत केही निजी अस्पतालमा सिकलसेलको उपचार सेवा लिने व्यवस्था भए पनि सबै जिल्लाका बिरामीका लागि उपचार सहज नभएको बताए । उनले स्थानीय सरकारसँग हातेमालो गरेर जनस्तरसम्म सिकलसेल रोगका बारेमा जनचेतना जगाउने कार्य गर्नेसमेत बताए ।

उनका अनुसार धेरै मानिस उपचारका लागि आउन मानिरहेका हुँदैनन् । उनीहरूलाई वंशाणुुगत परामर्शको खाँचो छ । रोगवाहकलाई सामान्य मानिससँग विवाह गराउँदा तीन पुस्तापछि यो रोग हराएर जान्छ । समितिले अस्पताल सञ्चालनका लागि जग्गाको समेत जोहो गरिसकेको छ ।

अध्यक्ष चौधरीले भेटमणि चौधरी सहरी विकासमन्त्री हुँदा बाँकेको जानकी गाउँपालिका–३ मा १३ कट्ठा जग्गा खरिद गरेर मन्त्री चौधरीले गत भदौमा अस्पतालको शिलान्याससमेत गरेको जानकारी दिनुभयो । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ ।

सिकलसेल सामुदायिक अस्पताल सञ्चालक समितिका सदस्य तथा कैलाली जिल्ला संयोजक इन्द्र दहिलतले थारू स्वास्थ्यकर्मी सङ्घको पहलमा सिकलसेल सामुदायिक अस्पताल सञ्चालनका लागि जनस्तरबाट सहयोग रकम जुटाएर सुरुवात गरेको बताए । सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख गौरी जोशीले सेती अस्पतालमा हालसम्म आठ सयभन्दा बढी सिकलसेल प्रभावितले उपचार सेवा लिइरहेकोे बताए ।

उनका अनुसार सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने रोग हो । सिकलसेलसम्बन्धी समस्या दुई किसिमको हुन्छ, सिकलसेलवाहक र सिकसेल बिरामी । सिकलसेलवाहक भएका व्यक्तिमा स्वास्थ्यसम्बन्धी कुनै समस्या हुँदैन तर रोगीमा भने हातखुट्टा र शरीरका जोर्नीहरू दुख्ने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छ । गोरखापत्रबाट

 

Loading...