शुक्रबार सुदूरपश्चिममा थप ८ जना संक्रमितको मृत्यु, १ हजार ३८९ जना निको

धनगढी, २१ जेठ- सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ८ जना संक्रमितको मृत्यु भएको छ।

कैलालीका २ जना, कञ्चनपुरका ३ जना, डडेल्धुराका २ जना र बझाङका १ जना गरि ८ जनाको मृत्यु भएको हो। भने १ हजार ३८९ जना निको भएर घर फर्किएका छन्।

Navadurga sun

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ११९ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ५ सय ४३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ३६६ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५९ जनाको नमूना परीक्षण गर्दा ५१ जना, महाकाली अस्पतालमा ६५ नमूना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा १०२ जनाको नमुना परीक्षण गर्दा ३१ जना, डोटी अस्पतालमा २९ जनाको परिक्षाण गर्दा २७ जना र अछामको कमलबजार प्रोगशालामा ६४ जनाको परिक्षण गर्दा ४९ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३४ हजार २६७ नमूना परीक्षण गर्दा ४० हजार ९४१ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २९ हजार ५१८ जनाले कोरोना जितेका छन् भने, ५२४ जनाको मृत्यु भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...