दिमाग, मेरुदण्ड तथा नशा रोग सम्बन्धि कैलाली अस्पतालमा निःशुल्क चेकजाँच

धनगढी– कैलाली अस्पताल प्रा.ली.मा दिमाग, मेरुदण्ड तथा नशा रोग सम्बन्धि निशुल्क चेकजाँच भइरहेको छ । अस्पतालले नव बर्ष २०८० को अवसरमा बैशाख महिनाभरि दिमाग, मेरुदण्ड तथा नशा रोग सम्बन्धि निःशुल्क चेकजाँच भइरहेको अस्पतालले जनाएको छ ।

निःशुल्क चेकजाँचमा टाउको दुख्ने, पोल्ने, झमझमाउने, चोट लागेको, टाउको नशा सुकेको, फुटेर रगत जम्मा भएको परामर्श तथा उपचार गरिने छ ।

Navadurga sun

यस्तै ढाड दुख्ने, पोल्ने, अगंभगं हुने साथै हातखुट्टा दुख्ने, झमझमाउने पइतला पोल्ने, ढाडमा चोट लागेर हातखुट्टा नचल्ने, चलाउन गाह्रो हुने लगायतको निशुल्क सेवा दिइने अस्पतालले जनाएको छ । यस्तै राती निद्रा नलाग्ने, डर लाग्ने, छटपटि हुने, मृगी आउने, बेहोस हुने, प्यारालायसिस हुने, टाउको दिमाग आदी समस्याको उपचार तथा परामर्श दिइने अस्पतालका अध्यक्ष जनक राज जोशीले बताए ।

त्यस्तै बैशाख महिनाभरि दिमाग, मेरुदण्ड तथा नशा रोग सम्बन्धि सम्पुणर् अप्रेशनमा २० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइएको बताइएको छ ।

यस्तै रगत, पिसाब, भिडियो एक्सरे, इसिजी तथा इसिएचओ र एक्सरेमा १५ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ । सो सम्बन्धि बिरामीहरुको जाँच तथा उपचार कैलाली अस्पतालमा कार्यरत दिमाग, मेरुदण्ड तथा नशा रोग बिषेशज्ञ डाक्टर बिकेश खम्बु श्रेस्ठले सो सम्बन्धिका बिरामीहरुले समयमै भर्ना भई निशुल्क चेकजाँच तथा उपचारको लाभ लिन अस्पतालले आग्रह गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...