वेदकोट नगरपालिकामा डोको र नाङलो बनाउने तालिम शुरु

कञ्चनपुर– वेदकोट नगरपालिकामा महिलाहरुलाई डोको र नाङलो बनाउन सिकाउने तालिम संचालन भएको छ । मंगलवार वेदकोट नगरपालिका को १० वटै वडाबाट ५/५ जना महिलाहरुका दरले जम्मा ५० जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिने भएको हो ।

वेदकोट नगरपालिकाको वडा नम्वर ७ मा रहेको बैजनाथ महिला बहुउद्देस्य सहकारी संस्थाको आयोजनामा र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम ५ दिन सम्म संचालन हुने कार्यक्रमका बिशिष्ट अतिथी समेत रहेका सहरकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिईन् । महिलाहरुका लागि आत्मनिर्भर आयआर्जन गर्नका लागि तालिमको आयोजना गरिएको उनले बताईन् ।

Navadurga sun
Godawari sandesh

महिलाहरुले आफनो घरमा बसेर सिकेको सिपलाई व्यवहारमा लागु गरी आयआर्जनमा वृद्धि गराउने उदेस्यले तालिमको आयोजना गरिएको अध्यक्ष सिंहले बताईन् । तालिममा सिप सिकेर महिलाहरुले उत्पादन गरेका सबै सामग्रीहरुलाई सहकारी आफैले खरिद गरेर उनिहरुलाई बजारीकरण गर्नमा पनि सहयोग गर्ने भएको छ ।

Dadeldhura hospital

यस्तै बिशिष्ट अतिथी एवम कार्यपालिका सदस्य कृष्णराम भुलले सिपलाई जाति बिशेषले मात्र गर्ने भन्ने चेतना हटाउनु पर्ने बताए । अहीले सिप सिकेर जस्ले पनि काम गर्न सक्ने र आफनो आर्थिक अवस्थालाई सुदृढ गर्नु पर्ने बताए । साथै यो तालिम सिकेर महिलाहरुले वेदकोट नगरपालिकामा मात्रै नभएर अन्य छिमेकी पालिकाहरुमा पनि आफनो कला सिपबाट उत्पादन गरेका सामग्रीहरुलाई बेच्नुपर्ने बताए । तालिमका सहभागी वेदकोट नगरपालिका ७ का नन्दा सावदले यो तालिममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले महिलाहरुलाई यो तालिमबाट सिकेका ज्ञान सिपहरुलाई आफनो व्यवहारमा पनि प्रयोग गरी आयआर्जन गर्नुपर्ने बताईन् । यो तालिम लगायत अन्य तालिमहरु पनि वेदकोट नगरपालिकाले प्रदान गर्ने साथै महिला लक्षित अन्य कार्यक्रमहरु पनि गर्ने भएकाले तालिमले दिन खोजेको ज्ञान सिपहरुले नै महिलाहरुलाई सक्षम, आत्मनिर्भर, आर्थिक रुपमा सम्पन्न बनाउने भएकाले सबैले तालिममा सक्रिय भुमिकामा रहेर सिकाई गर्न आग्रह गरिन् ।

यो वेदकोट गरपालिका सबैको भएकाले सबैको हकहितका लागि आफुले सदैव २४ घण्टा खटिएर काम गर्ने तथा महिलाको क्षेत्रमा अझै बढी काम गर्ने प्रतित्रद्धता जाहेर गरिन् । सिकेका ज्ञान सिपहरुलाई सकारात्मक तवरले व्यवहारमा लागु गरियो भने मात्रै सम्बृद्धी हुने, प्रंगती हुने र विकास हुने भएकाले सबैले आफुलाई सकारात्मक बाटो तर्फ उन्मुख गराउनु पर्ने औँल्याए ।प्लाष्टिक जन्य सामानहरुले हाम्रो वातावरणलाई फोहोर गर्ने प्रदुषित पार्ने भएकाले नष्ट हुने हाम्रा सामानहरुले वातावरणमा प्रभाव कम पार्ने भएकाले सबैले बाँसबाट बनेका डोको नाङलो लगायतका सामग्रीको प्रयोग गर्नुपर्ने उपप्रमुख जोशीले बताईन् ।

कार्यक्रमका सभापती एवम वडा नम्वर ७ का वडा सदस्य सुवास मल्लले कुनै पनि कार्य सानो ठुलो नहुने र आफुले सिकेका सिपहरुलाई अन्यलाई पनि हस्तान्तरण गरिनु पर्ने बताए । साथै पालिकाले गरेक लगानीमा सहभागीहरुले सिप सिकेर पूणर् फाईदा लिनपनि सम्पूणर्मा आग्रह गरेका छन् ।

Loading...