कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोमबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो। उनीहरमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...