कृष्णपुर नगरपालिकामा विद्यालय समायोजनको विषयलाई लिएर विरोध

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर विरोध गरिएको छ । मर्ज र डाउन साइजका नाममा विधि र पद्धति विना गरिएको निणर्य मान्य नहुने भन्दै विरोध गरिएको हो ।

Dadeldhura hospital

नेकपा एमाले कृष्णपुर नगरकमिटि अध्यक्ष गणेश सिँह ऐरीले सामाजिक सञ्जाल मार्फत विधि पद्धति र मापदण्ड विनै गरिएको निणर्य महंगो सावित हुन सक्ने बताएका छन । उनले भौतिक पुर्वाधारको निर्माण लगायतका चौतर्फी विकासका लागी स्थानियले गरेको मेहनत बालुवामा पानी हुने स्थितिको सृजना नगर्न अनुरोध गरेका छन । उनले मर्ज र डाउन साइजका नाममा विद्यालयमा भर्ना गरिएका साना साना बालबालिकाहरुको भविष्य माथी खेलबाँड गर्ने काम नगर्न समेत सुझाएका छन ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाकाले नगरभित्रका ५ वटा विद्यालयलाई डाउन साइज र मर्ज गर्ने निणर्य गरेको थियो । नगर कार्यपालिकाको चैत २८ गतेको बैठकले नगरपालिका वडा नं.५ को बनदेवी आधारभुत विद्यालय, वडा नं.१ को बालदिपज्योती आधारभुत विद्यालय, सोही वडाको जनज्योती आधारभुत विद्यालय, वडा नं.४ को सिद्धनाथ आधारभुत विद्यालय र वडा नं.२ को सत्यवादी आधारभुत विद्यालयलाई मर्ज र साइज डाउन गर्ने निणर्य गरेको थियो ।

कक्षा ८ सम्म अध्यापन हुदै आएको बनदेवी आधारभुत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ५ सम्म अध्यापन हुदै आईरहेका बालदिपज्योती, जनज्योती एवम् सिद्धनाथलाई कक्षा ३ सम्म र कक्षा ५ सम्म नै अध्यापन हुदै आईरहेको सत्यवादी आधारभुत विद्यालयलाई भने शिशु कक्षा सम्म कायम राख्ने नगरपालिकाले निणर्य गरेको थियो। सत्यवादी आधारभुत विद्यालयलाई वडा नं. २ मै रहेको उदय माध्यमिक विद्यालयमा समायोजन गर्ने समेत नगरपालिकाले निणर्य गरेको थियो ।

Loading...