घट्यो सुनको भाउ





काठमाडौं, २१ जेठ- नेपाली बजारमा आज सुनको भाउ तोलामा १५ सय रुपैंयाले घटेको छ। छापावाला सुन मूल्य तोलामै १५०० ले घटेर आज ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाला सुन ९४ हजार ९ सय रुपैया तोलामा कारोबार भएको थियो।


त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैँयाले घटेर प्रतितोला १३४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।



