सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु





धनगढी, २१ जेठ- सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन शुक्रवार (आज) बाट सुरु हुने प्रदेश सरकारले जनाएको छ ।



प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश प्रमुखवाट आठौं अधिवेशन आव्हान भएकाले आज दिउँसो ३ वजे प्रदेशसभा सदस्यलाई उपस्तिथिका लागि अनुरोध समेत गरिएको छ ।


बजेट अधिवेशनमा सरकारको चालु आर्थिक वर्षको प्रगतिमाथि समिक्षा र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम माथि छलफल हुने समेत जनाइएको छ ।
बजेट अधिवेशनको रुपमा लिइने यस अधिवेशन आव्हानका लागि यसअघि बुधवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुखलाई आग्रह गरिएको थियो ।



