

धनगढी- कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी धनगढीद्वारा आयोजित हाफ म्याराथनको उपाधि कक्षा ११ का छात्र रोहित डगौराले जितेका छन् । कीर्तिगङ्गाको सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम अन्तर्गत शनिबार भएको हाफ म्याराथनमा डगौरा प्रथम भएका हुन् ।



सोही संस्थामा अध्ययनरत कक्षा ११ का छात्र रमेश साउद प्रतिस्पर्धामा द्वितीय भएका छन् । उपाधि होडमा हेम मल्लले तृतीय स्थानमै चित्त बुझाएका छन् । धनगढीको चौराहाबाट सुरु भएको हाफ म्याराथन दसरथ भिम उद्यानमा पुगेर सम्पन्न भएको थियो। सम्पन्न उक्त प्रतियोगितामा ४५ जना विद्यार्थीहश्रको सहभागी रहेको थिए ।


हाफ म्याराथनको उद्घाटन फाप्ला खेलकुद ग्राम विकास समितिका अध्यक्ष सुवाश शाही र प्रसिद्ध साइकलयात्री प्रकाश शाहले संयुक्तरुपमा गरेका थिए । विगत १० वर्षदेखि सञ्चालित कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा होटल म्यानेजेन्टको पठनपाठन हुँदै आएको संस्थाका अध्यक्ष योगेन्द्रबहादुर शाहीले बताए ।





