कैलाली वितरक संघद्धारा भौतिक पूर्वाधार विकासमन्त्रीलाई ज्ञापनपत्र

धनगढी- कैलाली वितरक संघ धनगढीले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघले व्यवसायीका निजी मालबाहक सवारी, पिकअप जिप, जिप र मिनी ट्रक लगायत मालवाहक सवारीमा ढोका जडान गर्दा ट्राफिक प्रहरीले सताउने गरेको भन्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई समस्या समाधानका लागि ज्ञापनपत्र बुझाइएको हो ।

ढोका जडान र हार्डटप, सफटप सम्बन्धि समस्या समाधान गरिदिनुपर्ने भन्दै कैलाली वितरक संघले मन्त्री देउवालाई आग्रह समेत गरेको छ । सो अवसरमा मन्त्री देउवाले वितरक संघले अघि सारेका मागको विषयमा प्रदेश ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, मन्त्रालयका सचिव लगायतसँग सामुहिक रुपमा छलफल गरेर उचित निकास दिने प्रतिबद्धता जनाएको कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरुले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...