बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई राहत

Dadeldhura hospital

बैतडी, २० जेठ- पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं. ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिने गाउँपालिकाले जनाएको छ ।

चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको परिवारलाई ४ लाख राहत दिने र वडा सदस्य भण्डारीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको ५ जनाको परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निणर्य भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । तत्कालका लागि मृतकका परिवारलाई ५० हजारका दरले रकम उपलब्ध गराइ सकेको छ ।

Loading...