कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । कैलाललीको गोदावरी नगरपालिका-२ तेघरी स्थित सोही ठाउँका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई ४०० मिलिग्राम लागुऔषधसहित आइतवार साँझ पक्राउ गरिएको मालाखेती प्रहरीले जनाएको हो । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ADD Khali jpg
Loading...