

धनगढी- धनगढीमा प्रथम रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीता २०८० आयोजना हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ बर्षको अवसर पारेर बैशाख १ र २ गते प्रथम रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीता हुन लागेको जानकारी गराएको हो ।



धनगढी रङ्शालामा हुने ब्याटमिन्टन प्रतियोगीतामा सहभागी हुन चैत ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगीताका संयोजक प्रकाश सिँहले जानकारी दिए । उनले टिम दर्ता शुल्क १५ सय तोकिएको बताए । ब्याटमिन्टन प्रतियोगीतामा प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगदसहित प्रमाणपत्र पाउँने उनले बताए ।


ब्याटमिन्टन प्रतियोगीतामा राष्ट्रिय खेल र क्षेत्रीय खेल खेलेका खेलाडीहरु सहभागी हुन नपाउने खेल प्रशिक्षक तथा निर्देशक केशब बडुवालले बताए । ब्याटमिन्टन खेलको नियमानुसार नै खेलाइने र खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समुहकाले खलेमा सहभागी हुन पाउने बताए । चैत १ गते बिहान ७ बजे ब्याटमिन्टन प्रतियोगीता उद्घाटन हुने जानकारी दिए ।
पत्रकार सम्बेलनमा ब्याटमिन्टन प्रतियोगीताका बिरेन्द्र शाह, नविन सिँह, टेकेन्द्र घर्ती, मेघराज कठायत तथा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।