बैतडीमा झुलाघाट नाकाबाट फर्केका सात जनामा कोरोना

बैतडी– बैतडीमा झुलाघाट नाकाबाट फर्केका ७ जनामा कोरोना देखिएको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्किएका ७ जनामा कोरोना संक्रमण फेला परेको छ ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । सीमा नाका झुलाघाटमा गरिएको परीक्षणमा एकसातामा सात जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी लेखकले बताए । भारतबाट फर्कने सबैको कोरोना परीक्षण गर्ने गरिएको र उनीहरुमध्ये पछिल्लो एकहप्तामा सात जनामा कोरोना पुष्टि भएको हो ।

Navadurga sun

कोरोना पुष्टि हुनेमा बैतडीका मात्रै नभएर अन्य जिल्लाका नागरिक समेत रहेको पाइएको छ । झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच गरिनुका साथै मास्क समेत अनिवार्य गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...