बिहीबार सुदूरपश्चिममा थप १ हजार ३२८ जना निको, ४ जना संक्रमितको मृत्यु

धनगढी, २० जेठ- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप १ हजार ३२८ जना निको भएर घर फर्किएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका २ जना, कञ्चनपुर र बझाङका १/१ जना गरि ४ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ५ सय ५१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । उक्त दुवै विधिबाट गरिएको परिक्षणमा ३२८ जनामा संक्रमण पुस्टि भएको छ ।

Navadurga sun

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४७१ जनाको नमूना परीक्षण गर्दा ५६ जना, महाकाली अस्पतालमा २१ नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७३ जनाको नमुना परीक्षण गर्दा २२ जना, बझाङमा ९३ जनाको नमुना परिक्षण गर्दा १८ जना, डोटी अस्पतालमा ५२ जनाको परिक्षाण गर्दा ३२ जना र अछामको कमलबजार प्रोगशालामा ७२ जनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३४ हजार ६३२ नमूना परीक्षण गर्दा ४० हजार ५७६ जनामा संक्रमण पुस्टि भएको छ ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २८ हजार १२९ जनाले कोरोना जितेका छन् भने ५१६ जनाको मृत्यु भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...