दूरसञ्चार सेवा प्रदायक सम्बन्धी विधेयक राष्ट्रहितमै केन्द्रित : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले निर्माण गर्ने विधेयकहरू राष्ट्रहितमा केन्द्रित हुने दाबी गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले कानुन बनाउने कार्य संसद्ले नै गर्ने भएकाले अहिले नै कसैलाई फाइदा हुने गरि कानुन नबन्ने दाबी गरिन्। उनले सरकार विधेयकको मस्यौदा मात्र गर्ने, त्यसमा थप छलफल र समृद्ध बनाउने कार्य संसद्ले नै गर्ने बताइन्।

Dadeldhura hospital

संघीय संसद्‌मै सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुने र यही छलफल गरेर पारित हुने दाबी गरेकी छन्। उनले सञ्चार सम्बन्धी विधेयक मन्त्रालयबाट नटुंगिने भन्दै ऐन मस्यौदा मात्र भएको दाबी गरिन्। उनले नयाँ मस्यौदा ऐनलाई राष्ट्रहितलाई केन्द्रमा राखेर हुने उनले दाबी गरिन्। उनले दूरसञ्चार विधेयकका विषयमा र दूरसञ्चार सेवा प्रदायक विधेयक निर्माण गर्दा पनि यो कुरा ध्यान दिइने बताइन्।

Navadurga sun
Godawari sandesh

उनले केही दूरसञ्चार प्रदायकहरूको हकमा हित हुने गरि कानुन निर्माण हुन्छ कि भन्ने चिन्ता सार्वजनिक भएको तर सरकारले त्यसरी काम नगर्ने दाबी गरिन्।

उनले हुलाक, चलचित्र ऐन लगायत अन्य ऐनहरू पुरानो भएकाले ती कानुनलाई नयाँ प्रविधि र युग अनुसार बनाउनुपर्ने भएकाले सरकारले सम्बोधन गर्न खोजेको बताइन्।

Loading...